Why Membership? (सदस्यता किन ?)

 हामी को हौंः
बाफल चोक समाज बाफल चोक क्षेत्रका बासिन्दाहरूद्वारा स्थापित एक गैर(राजनीतिक र गैर लाभकारी जिल्ला प्रशासन कार्यालय, बबरमह, काठमाण्डौमा दर्ता नं १९६ भएको एक कानूनी मान्यता प्राप्त सामाजिक संस्था हो । हाम्रो मुख्य उद्देश्य आफ्नो कार्यक्षेत्र पूर्वमा छिन्नलता चोक, उत्तरमा गाइबाच्छा चोक, दक्षिणमा गणेश मन्दिर र पश्चिमामा विजय मार्ग तथा बाफल चोक क्षेत्रमा बसोबास गर्ने सबैजनाको सामाजिक, आर्थिक, शैक्षिक, र सांस्कृतिक उत्थानमा सहयोग गर्नु हो। हामी समुदायमा आपसी सद्भाव, सहयोग, र एकताको भावनालाई प्रवद्र्धन गर्न निरन्तर क्रियाशील छौ ं।

हामीले के गर्यौंः
स्थापना भएदेखि नै बाफल चोक समाजले विभिन्न जनमुखी कार्यहरू गर्दै आएको छ । केही उल्लेखनीय कार्यहरू यहाँ उल्लेख गरिएका छन् ।
१) छिन्नलता चोक देखि ज्ञानोदयमार्ग बाफल चोक हुँदै गणेश मन्दिर सम्म र गाइबाच्छापाटि चोक देखि बाफल चोक सम्मको सडक खण्डहरु कालो पत्रे गर्न वडा नं १३ कार्यालयसंग हातेमालो गर्दै पूर्व युवा तथा खेलकुद मन्त्री श्री विराज भक्त श्रेष्ठ संग सहर्काय गरी सडक डिभिजन कार्यालय, मिनभवन, काठमाण्डौमा ज्ञापन पत्र बुझाई २०८१ जेष्ठ ३१ गते सबै सडक खण्डहरु कालो गर्न लागाएको ।
३) सरसफाई अभियानस् हाम्रो समाजले नियमित रूपमा बाफल चोक क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरी वातावरण संरक्षणमा योगदान पु¥याएको छ ।
४) सडक सुरक्षा सम्बन्धि अति दुर्घटना ग्रस्त क्षेत्रमा ट्राफिक ब्यानरहरु राखेको ।
५) छिन्नलता चोक देखि ज्ञानोदयमार्ग बाफल चोक हुँदै गणेश मन्दिर सम्म र गाइबाच्छापाटि चोक देखि बाफल चोक सम्मको सडक खण्डहरुमा भएका खम्बाहरुको असरल्लतारहरु व्यवस्थित गरेको ।
६) यस क्षेत्रका बासिन्दाहरुलाई आगलागिबाट धनजनको क्षति हुन नदिन वडा नं १३ कार्यालय बाट ँष्चभ भ्हतष्लनगष्कजभच प्राप्त गरी गाइबाच्छापाटि, बाफल चोक, छिन्नलता चोक तथा गणेश मन्दिर एरीयामा राखेको ।
हामीले अहिले सम्म गरेका कामहरुबारे बृसतित् जानकारीका लागि यो link https://bafalchowksamaj.blogspot.com मा गएर हेर्नु होला ।
आजीवन सदस्यताका फाइदाहरु ः
बफल चोक समाजको आजीवन सदस्य बन्नुका धेरै फाइदाहरू छन्, जसमध्ये केही प्रमुख फाइदाहरू यस प्रकार छन् ः

  • तपाँईं हाम्रो WhatsApp group मार्फत समाजका जोडिनु भई हरेक गतिविधि र निर्णय प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन सक्नुहुनेछ ।
  • तपाँईंले समाजद्वारा आयोजित विभिन्न कार्यक्रमहरूमा विशेष प्राथमिकता र छुट प्राप्त गर्नुहुनेछ ।
  • तपाँईं समाजका अन्य सदस्यहरूसँग बलियो सामाजिक सम्बन्ध स्थापित गर्न सक्नुहुनेछ ।
  • तपाँईं यस क्षेत्रको सामाजिक र सामुदायिक विकासमा प्रत्यक्ष रूपमा योगदान गर्न सक्नुहुनेछ ।
  • एक पटकको सदस्यता शुल्कले तपाईंलाई जीवनभर समाजको सदस्य बन्ने अवसर प्रदान गर्नेछ ।

हामीलाई विश्वास छ कि बाफल चोक समाजको सदस्यको रूपमा, तपाँई पनि यहाँको विकास र प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्नुहुनेछ । आजीवन सदस्यता शु्ल्क रु. ५,०००/– एकमुष्ट भुक्तानी गरे पछि आजीवन गरु शुल्क बुझाउन पर्नेछैन ।
कृपया यस पत्रको साथमा रेहेको आवेदन फारम भरी एकमुष्ट आजीवन सदस्यता शु्ल्क रु. ५,०००÷– बुझाउनु होला ।
 

सावधान ! बाफल चोक क्षेत्रमा कुनै विकाशको काम हुनेबेला सो कामको लागि भनेर केहि असम्बन्धित व्यक्तिहरुले चन्दा सहयोग उठाउने गरेको पाईएको कारण त्यसतो कार्य गरेको थाहा पाएमा चन्दा नदिनहुन र हामीलाई जानकारी दिनहुन यस बाफल चोक समाज हार्दिक अपिल गर्दछौ ।

No comments:

Post a Comment

वडा न. १३ कार्यालयबाट Fire Extinguisher प्राप्त भयो ।

आज मिति २०८१ साल चैत्र ४ गते  सोमवार करिब अपरान्ह १२ बजे वडा न. १३ कार्यालयका अध्यक्ष श्री धु्रव नारायण मानन्धर ज्यू बाट ४ वटा Fire Extingui...