What we did?

१) धुलो सडकमा काठमाण्डौ महानगरपालिकाद्धार ट्याङकरबाट पानी हाल्न लगाएकोः

मिति २०८१ बैशाख महिना ५ गते बुद्धवार अपरान्ह १ बजेतिर का.म.न.पा. वातावरण व्यवस्था विभागबाट छिन्नलता चोक देखि वाफल चोक हुदै गणेशस्थान सम्म र वाफल चोक देखि गाईबाछापाटी सम्म ट्याङकरबाट पानी छर्कने काम भएको थियो


 भिडियोको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

ट्याङकले बाटोमा पानी हालेको भिडियो–१

ट्याङकले बाटोमा पानी हालेको भिडियो–२

 

२) दबाब कार्यक्रमः

मिति २०८० साल चैत्र १८ गते ः बाफल चोक टोल सुधार समिति लगायत अरु वडा नं १३ का समितिहरु तथा वाफलका बासिन्दाहरु जम्मा ३० जनाले श्री सडक विभाग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन कार्यालय, मिनभवन, काठमाण्डौ, सडक विभिजनलाई कालो पत्रे गर्ने काम गर्न सहयोग गरीदिनु भनी ज्ञापन पत्र बुभाएको ।


 

 

 

 

 

 

 

  सडक डिभिजन कार्यालय, मिनभवन, काठमाण्डौ लाई ज्ञापन पत्र बुभाएको

) भेटघाट कार्यक्रमः

मिति २०८० साल चैत्र १० गते माननिय युवा तथा खेलकुद मन्त्री श्री विराज भक्त श्रेष्ठ ज्यू संग बाफल टोलसिहरुका संग भेटघाट कार्यक्रम ।



भिडियो–भेटघाट

 

 मिति २०८१ बैशाख महिना १९ गते बुद्धवार अपरान्ह माननिय युवा तथा खेलकुद मन्त्री श्री विराज भक्त श्रेष्ठ ज्यू संग वडा सदस्य श्री रामबाबु कोईराला, वडा महिला सदस्य श्री रजनि महर्जन, यस वाफल चोक टोल सुधार समितिका सदस्यहरु लगायत वाफल बासीहरु बीस वाफल चोक संग जोडीएका सडकहरुको कालो पत्र गर्ने कार्यको प्रगती बारे बितृत छलफल भई मन्त्री ज्यूले वाफल चोक देखि गणेशस्थान सम्म हिडेर सडकको निरीक्षण गर्नुभयो ।


 

 

 

 

 

 

 

 

 माननिय युवा तथा खेलकुद मन्त्री श्री विराज भक्त श्रेष्ठ सडकहरुको कालो पत्र गर्ने कार्यको प्रगती वाफल चोक देखि गणेशस्थान सम्म हिडेर सडकको निरीक्षण


४) सरसफाई कार्यक्रमः

मिति २०८१ साल आषाढ १५ गते शनिवार का.जि.का.म.न.पा १३ वडा स्थित ताहाचल–बाफल–वालमार्ग–ज्ञानोदय सडकखण्ड (जस्को उत्तरमा गाईबाछा पाटी पूर्वमा छिन्नलता÷वालमार्ग, दक्षिणमा गणेश मन्दिर एंव ज्ञानोदय माध्यमिक विद्यालय पर्छ । उक्त सडक खण्डहरु तथा सावजनिक स्थलहरुमा वच्छ कान्तिपुर सिसडोल वातावरण सेवा केन्द्र प्रा.लि., वडा नं १३, सोल्टीमोडको सहयोगमा वाफल प्रहरी विट लगायत यस समितिका सदस्यहरुद्धारा कुचो लगाई सर सफाई गरीयो ।




 

 

 

 

 

 

 

 

 

 

 

सर सफाई कार्यक्रमको भिडियो 

 

५) धन्यवाद कार्यक्रमः

मिति २०८१/०४/०५ गते शनिवार वाफल चोक टोल सुधार समितिले आयोजना गरेको धन्यवाद कार्यक्रम सफता पूर्वक सम्पन्न भयोे । सो कार्यक्रममा मुख्य अथिति निबर्तमान माननिय युवा तथा खेलकुद मन्त्री श्री विराज भक्त श्रेष्ठ ज्यू ले यस समितिले गरेका कार्यहरु प्रति सारै खुसी व्यक्त गरी उर्जा प्राप्त भएको भन्नु भयो । साथै वडा नं १३ कार्यालयका अध्यक्ष श्री धु्रव नारायण मानन्धर ज्यूले पनी यस्तो धन्यवाद कार्यक्रम वहाँको कार्य २० वर्ष कार्यकालमा नपाएको र यस समितिले धन्यवाद पाउनु भएकोमा सारै खुसी व्यक्त गर्नु भयो । त्यसतै गरी सडक डिभिजन कार्यालय मिनभवनका ई. श्री धन देव जोशी ज्यूले पनी सकड कालो पत्रे को काम ५५% मात्रै सकेको र प्यान मर्मत मा रहेकोल अरु गर्नु पर्नेकामरु सबै रोकिएको जानकारी दिनु भयो साथै आउने दशैं अगावै सबै बाँकी सडकको कामहरु सकिने जानकारी दिनु भयो । यस धन्यवाद कार्यक्रममा यस वाफल टोल बासी बिशिष्ट जेष्ट नागरीक १०१ वर्षकी हजुर आमा श्रीमति चिनि राणा ज्यूले हामी सबैलाई धन्यवाद र आर्शिवाद दिनु भयो ।



 

 

 

 

 

 

 

 

धन्यवाद कार्यक्रमको भिडियो 

 

६) कन्भेक्स मिरर राख्ने कार्यक्रमः

मिति २०८१ साल भाद्र ८ गते शनिवार बाफल चोकमा २४ ईन्चको Convex Mirror राख्ने कार्यक्रम सम्पन्न भयो ।

24" Convex Mirror राख्ने कार्यक्रमको भिडियो 


७) ट्राफिक सूचना ब्यानगर राख्ने कार्यक्रमः

मिति २०८१ साल पौष २७ गते शनिवार काठमाण्डौ महानगरपालिका प्रहरी बलका प्रहरी उपरीक्षक श्री प्रकाश पन्डित ज्यूले भन्नु भएको स्थानहरु बाफल चोकबाट ज्ञानोदय माध्यमिक विद्यालय जाने बाटोमा रहेको बिजुलिको ट्रान्सफरमर रहको र अण्डा डिपो अगाडि गरी २ स्थानहरुका गति सिमित ट्राफिस ब्यानरहरु राख्यौ ।

 

 

८) सडकका असरल्ल तारहरु व्यवस्थापन कार्यक्रमः

 कार्यक्रमको नामः असरल्ल तारहरु व्यवस्थापन
ृआयोजकको नामः वाफल चोक टोल सुधार समिति
कार्यक्रमको स्थानः का.म.न.पा. वडा नं १३ स्थित गाईबाच्छापाटी चोक देखि गणेश मन्दिर तथा वाल मार्ग देखि वाफल चोक सम्म ।
कार्यक्रम मितिः २०८१ साल माघ २० देखि २०८१ साल फाल्गुन १६ गते सम्म ।

 


 

 असरल्ल तारहरु व्यवस्थापन कार्यक्रमको भिडियो

छिन्नलता चोक देखि वाल मार्ग सम्म तारहरु व्यवस्थित भएपछिको भिडियो । 


९) मिति २०८१/१२/१६ गते शनिवार वडा नं १३ कार्यालय कालिमाटीबाट प्राप्त भएको ४ वटा Fire Extinguisher हरु मध्ये पहिलो, दोस्रो र तेस्रो Fire Extinguisher जडान क्रमशः तहाचल मार्गको मुल सडक स्थित श्री शैलेन्दै मान प्रधान ज्यूको घरमा, ज्ञानोदय मार्ग, गणेश मन्दिरको मुल सडक स्थित श्री सोनी महर्जन ज्यूको घरमा र मुल सडक बाफल चोक स्थित श्री जङ्ग बहादुर श्रेष्ठ ज्यूको घरमा कार्य समितिका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष तथा सदस्यद्धारा सम्पन्न भएको ।
 
 

 
 







No comments:

Post a Comment

वडा न. १३ कार्यालयबाट Fire Extinguisher प्राप्त भयो ।

आज मिति २०८१ साल चैत्र ४ गते  सोमवार करिब अपरान्ह १२ बजे वडा न. १३ कार्यालयका अध्यक्ष श्री धु्रव नारायण मानन्धर ज्यू बाट ४ वटा Fire Extingui...